काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय दशैँ अगाडि नखुल्ने भएका छन्। बिहीबार महानगरको शिक्षा समिति, अभिभावकलगायत सरोकारवाला निकायसँग बसेको बैठकले दशैँ अगाडि विद्यालयहरू नखोल्ने निर्णय गरेको हो। नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले विद्यालय सञ्चालनका लागि तयारी मात्रै गर्ने निर्णय भएको जानकारी दिए।