काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका छन् । आज काठमाडौंमा पारिवारीक समारोहका बिच इन्गेजमेन्ट गरेका हुन् । उनीहरु प्रेम सम्बन्धमा रहेका थिए । सोनिका ग्यालेक्सी फो के टेलिभिजनमा कार्यरत छिन् । भण्डारी नेपाली टिम आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएका थिए । ओमान भ्रमणबाट फर्किएलगत्तै उनीहरुबीच इन्गेजमेन्ट भएको हो । विवाह भने दशैँमा गर्ने बुझिएको छ ।