शिविरस्थित आफ्नो कार्यालय परिसरमा अन्य शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको प्रहरी उपरीक्षक मोहम्मद नैमुल हकले पुष्टि गरेका छन्।
सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंज्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा शरण लिएका थिए । बंगलादेशमा अहिले रोहिंज्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन् ।
उल्लाहले रोहिंज्या शरणार्थीको हकहितमा काम गर्न आराकान ‘रोहिंज्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स’ नामक संस्था खोलेको समाचारमा उल्लेख छ ।
उल्लाहको हत्याको पछाडी कस्को हात थियो भन्ने बारे कुनै खुलासा भएको छैन । उनको मृत्युमा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।