दीपिका बिनन् सर्वश्रेष्ठ अभिनेत्रीको ग्लोबल अचीवर्स अवॉर्ड जित्ने भारतको पहिलो कलाकार

Entertainment
काठमाडौं । बलिउडकी चर्चित र उत्कृष्ट अभिनेत्री दीपिका पादुकोणले अर्को ठूलो उपलब्धि हासिल गरेकी छिन्। अभिनेत्री दीपिकालेअन्तर्राष्ट्रिय प्लेटफर्मद्वारा बलिउडमा सर्वश्रेष्ठ अभिनेत्रीको लागी ग्लोबल अचीवर्स पुरस्कार २०२१ जितेको छिन् । दीपिका यो पुरस्कार जित्ने भारतीय फिल्म उद्योगमा एक मात्र कलाकार हुन् । उनी भन्दा पहिले आजसम्म कुनै भारतीय कलाकार यो पुरस्कार जितेका छैनन्।

Deepika Padukone launches audio diary after deleting all posts from Instagram and Twitter | Bollywood - Hindustan Times

दीपिका सबैभन्दा राम्रो अभिनेत्री मध्ये एक हुन् जसको फ्यान फलोइङ संसारभर रहेको छ। यस भन्दा पहिले पनि उनले आफ्नो कलाका कारण धेरै पुरस्कार जीतेकी छिन्।

यस अवार्डको लागी बराक ओबामा, जेफ बेजोस, क्रिस्टियानो रोनाल्डो सहित दुनिया भर बाट ३००० भन्दा बढी प्रभावशाली सेलेब्सको नामांकन भएको थियो।

यसअघि दीपिका गत महिना जारी भएको एसियाको सबैभन्दा प्रभावशाली महिलाहरुको सूचीमा समावेश भएकी थिइन्। यस सूचीमा, दीपिका टिभी र फिल्म वर्ल्डको श्रेणीमा शीर्ष स्थानमा रहेकी थिइन्।