काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतवार भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले ८२ औं मिनेटमा गोल गरेका थिए ।