मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते

News
काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन्।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएका हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले घटनास्थलमा उद्धार कार्य भइरहको छ ।

थप विवरण आउन बाँकी ।