सबै मन्त्री फिर्ता बोलाउने तयारीमा नेकपा एस

Politics

मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारीसँगै नेकपा एकीकृत समाजवादीले आफ्ना सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टीले जानकारी दिएका छन् ।

बैठकमा पार्टीबाट मन्त्रिपरिषद् सदस्यका विषयमा समीक्षा हुने र उनीहरुलाई बोलाउने विषयमा छलफल भएको र अब कसलाई पठाउने भन्ने विषय टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिइएको जनाइएको छ ।

एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।