‘यो वर्ष कुकुर तिहार विश्वव्यापी रुपमा मनाउँछौँ’- बालेन

News

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओसँग भेटवार्ता गरेका छन् । उनले राजदूत बोरबाओसँग नेपालको कला र संस्कृति फ्रान्स लगायत विश्वभर प्रबर्द्धन गर्न चाहेको बताएका छन् ।  यो वर्षको कुकुर तिहार पर्व विश्वभर मनाउने योजनामा रहेको उनले बताएका छन् । सो पर्वमा फ्रान्सेली जनता पनि सहभागी गराउन उनले आग्रह गरेका छन् ।