देश घाटामा, बैंक बिमा नाफामा – जनता भने सधै टकन टाँट !!!

Economy

देश घाटामा, बैंक बिमा नाफामा !
बुझी नसक्नु छ, हाम्रो नेपाल पनि
देशमा डलरको खडेरीले गर्दा ,आयातमा नियन्त्रित प्रतिबन्धको अवस्था छ।

राष्ट्र बैंक र गभर्नर फुल टेन्सनमा, मिस्टर एम, डबल टेन्सनमा


एकातिर एमालेको ऋण, अर्को तर्फ अनम्यानेजेबल इकोनमि

अर्को तर्फ यस्तो अवस्थमा पनि मनी मार्केटका खेलाडीहरु मालामाल भएको प्रतिवेदन आउँछ ।

गज्जब छ बा !!! हाम्रो नेपालमा !

ताजा खबर थाहा पाउनु भयो यस्तो अप्ठ्यारो बेलामा पनि बैंकहरुले ६ अर्ब बढी नाफा गरेका छन् ।

नाफा
वर्ष २०७८/७९ को जेठ: ६ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ

पख्नुस पख्नुस त्यति मात्र कहाँ हो र बैंकमा ४४ खर्ब ९४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रुपैयाँ संकलन गरेका छन् यी बैंकहरुले
जेठ मसान्तमा बैंकहरुको कर्जा ४१ खर्ब ९३ अर्ब पुगेको राष्ट्र बेंकले जनाएको छ।

नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तारमा फर्स्ट देखिन्छ,

Nepal Bankसबैभन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक,४ अर्ब ८५ करोड रुपैयाँ बराबरको नाफा गरेको छ ग्लोबल आईएमई बैंकले

सेकेन्डमा एनआईसी एशिया बैंक, नाफा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको नाफा…

थर्ड भने ३ अर्ब ९२ करोड नाफा सहित नबिल

र बिचरा सिभिल बैंक प्रफ़िट रेसमा लास्ट मात्र ११ महिनामा १ अर्ब २१ करोड रुपैयाँ बराबरको नाफा…..

नाफा:
ग्लोबल आईएमई : ४ अर्ब ८५ करोड
एनआईसी एशिया: ४ अर्ब ५९ करोड
नबिल; ३ अर्ब ९२ करोड

कहिले बैंकहरुले अर्बौ कमाए भनेर समाचार आउँछन् त कहिले बिमाले – जनता भने सधै टकन टाँट !!!

कहिले खाने तेलको मुल्य वृद्धि, कहिले गाडीमा हाल्ने तेलको मुल्य वृद्धि, कमाई भने बल्ल-बल्ल महिना मरेपछि त्यो पनि हफ्ता दिन नपुग्ने, तर पनि के गर्नु ? अरुले कमाएको सुनेर भए पनि दंग पर्ने बानी भने खास्सा को छ हामी सबै नेपाली को !!

– झट्का मास्टर