अवैध उत्तखनन गर्ने टिपर, जेसिवी र चालक नियन्त्रणमा

News

महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्तखनन विरुद्ध कडा रुपमा उत्रिएको छ ।

पछिल्लो समय प्रहरीले रातु नदी र तटिय क्षेत्रमा अवैध उत्तखनन गर्ने जेसीवी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।

प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।