संसारमा केही यस्ता देशहरू छन् जहाँ कहिल्यै रात हुँदैन , के तपाई पत्याउनु हुन्छ?

Interesting

संसारका केही देशहरूमा, सूर्यले सधैं आफ्नो किरणहरू फैलाइरहन्छ। यदि यस्तो भयो भने मानिसको सुत्ने, उठ्ने, खाने,
पिउने र काम गर्ने सबैको समय तालिका नै खलबलिन्छ, हैन त ? तर यो पूर्ण सत्य हो। संसारका कतिपय ठाउँमा रात हुँदैन ।

नर्वे

यो देश आर्कटिक सर्कल भित्र पर्छ। यसलाई मध्यरातको देश पनि भनिन्छ । यहाँ मे र जुलाईको बीचमा करिब ७६ दिनसम्म
सूर्य अस्ताउँदैन।

स्वीडेन


स्वीडेनमा करिब १०० दिनसम्म सूर्य अस्ताउँदैन। यहाँ मेदेखि अगस्टसम्म सूर्य अस्ताउँदैन। स्वीडेनमा आधी रातमा सुर्यास्त
भएर बिहानी को ४:३० बजे नै सुर्योदय हुने गर्दछ।

आइसल्याण्ड

यो देश ब्रिटेन पछि युरोपको सबैभन्दा ठूलो टापु हो। यहाँ पनी रातमा पनि सूर्यको किरण देख्न सकिन्छ । यहाँ मे १०
देखि जुलाईको अन्त्यसम्म सुर्यास्त हुदैन।

क्यानाडा

क्यानाडाको मौसम हिउँ नै हिउँले भरिएको हुन्छ। अत्यधिक हिमपात हुने देश हो क्यानाडा। यद्यपी क्यानाडाको उत्तर
पश्चिमी भेगमा गर्मी मौसमा करीब ५० दिनसम्म दिन राति सूर्य चम्की रहन्छ।

फिनल्याण्ड


हजारौं ताल र टापुहरूले सजिएको यो देश निकै सुन्दर र आकर्षक छ। गर्मी मौसममा यहाँ करिब ७३ दिनसम्म सूर्यले आफ्नो
ज्योति फैलाउने गर्छ।

अलास्का


यहाँ मे र जुलाईको बीचमा सूर्य अस्ताउँदैन। अलास्का यसको सुन्दर हिमनदीहरूको लागि परिचित छ। मे – जुलाईको बीचमा
अलास्का हिमालहरु रातको समयमा समेत सूर्यको प्रकाशले जगमगाई रहेका हुन्छन् ।