नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने अन्तिम तयारि गरिरहेको छ। तर यहीं बेला गभर्नर महाप्रसाद अधिकारी जीवनकै महादशामा छन् । एमालेको कोटाबाट केपी ओलीको आशिर्वादले गभर्नर फ़ुत्काएका महाप्रसाद अधिकारी हाल एम अधिकारी प्रकरणमा फसेका छन। यो सामाग्री तयार पार्दासम्म नेकपा एमालेले अझै खोटांगका एम अधिकारी देश सामु प्रस्तुत गर्न सकेको छैन। मौद्रिक नीति ल्याउने चटारोको समयमा गभर्नर भने कतिबेला जागिर फुस्कने हो त्यसकै टेन्सनमा छन्।
महाप्रसादको गभर्नर पद पुन: एक पटक धरापमा

बजेट निर्माणको समय करका दरमा धाँधली गरेको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विवस भएर राजिनामा दिएका थिए। उसो त तत्कालीन अर्थ मन्त्री जनार्दन शर्माले पनि गभर्नर महाप्रसाद अधिकारीलाई कम्ता को पेलेको हैनन् जागिर नै खोसिसकेका थिए तर अदालतले उतिबेला महाप्रसाद अधिकारीलाई जोगायो, अहिले नेकपा एमालेले अझै खोटांगका एम अधिकारी देखाउन सके त गभर्नरमा टिक्लान नत्र धरापमा छन् हाम्रा गभर्नर !!
नेपालको अर्थतन्त्र नाजुक अवस्थमा पुगेको सर्वविधित नै छ। आर्थिक इण्डिकेटरहरु लगातार ओरालो लागेका छन् । विदेशी मुद्रा संचिति छ महिना भन्दा कम आयात धान्न नसक्ने अवस्थामा पुग्दा मुलुकमा अहिले आयातमा निषेधको अवस्था छ। कोभिड महामारी र लकडाउनले देशको बन्द व्यापार चौपट छ। बैंकहरु संग ऋण प्रवाह गर्ने थप क्षमता छैन, सबै बैंकका सिडी रेसियो अर्थात कर्जा / निक्षेप अनुपात ९०% भन्दा बढी छ। कोभिड महामारी र लकडाउनको बहानमा सरकार, बैंक र निजि क्षेत्र र सबैले मनपरी गरेकै हुन् – जसको कारण अहिलेको सिथिल अर्थतन्त्र निमार्ण भएको हो।
अर्थतन्त्र नाजुक, अर्थ मन्त्रालय र राष्ट्र बैंक ढुकचुक ढुकचुकमा :

एकातिर अर्थ मन्त्रालय नेतृत्वविहिन छ, अझ थप अर्थ सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करको पद पनि जोखिममा परेको छ। दुवैलाई तत्काल पदमुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। यस्तो अवस्थामा गभर्नर महाप्रसाद अधिकारीलाई डाइरेक्ट रिपोर्टिंग प्रम शेर बहादुर देउवालाई गर्नुपर्ने बाध्यता छ। आफै विचार गरौ न गभर्नर लाई प्रम लाई रिपोर्ट गर्न त् खासै ठुलो कुरो भएन तर नेकपा एमालेका एम अधिकारीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रिपोर्ट गर्दा कम्ताको सकस पर्ला ! उसो त प्रम शेरबहादुर देउवाले गभर्नर अधिकारीलाई बालुवाटारमै बोलाएर राजीनमा मागेको हल्लाले पनि बजार तताई सकेको छ।
मौद्रिक नीति केही समयका लागी अनिश्चित:

हुन् त् गभर्नर अधिकारीले आफू एमालेको अर्थ समितिमा नरहेको बताउदै आएका छन् , ओरिजिनल एम अधिकारी अझै फेला नपरेको अवस्थामा बल गभर्नरको कोर्टमा छैन। जसो तसो नेपाल राष्ट्र बैंक श्रावनको पहिलो साता भित्र मौद्रिक नीति जारी गर्ने तयारी मा छ तर यसबीच कुनै अप्रिय घटना हुन् गए मौद्रिक नीति केही समयका लागी अनिश्चित देखिन्छ।