प्रचण्ड र आरजुको भारत जात्रा : त्वमेव माता च पिता त्वमेव

Politics

“चीन, अमेरिका र युरोपियन युनियनलाई नेपालमा एकसाथ काउन्टर गर्न अझै भारत संग दरिलो कार्ड छ – त्यो हो हिन्दु कार्ड ।”

“नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुन: एकपटक नेपालको प्रधानमंत्री बन्ने सपना छ। कुनै समय कटुवाल प्रकरणले थला परेरे संसदमा बिदेशी प्रभुको गुलामी गरिदैन भन्दै प्रम पदबाट राजिनामा दिएका दाहाल एकपटक फेरि विदेशी प्रभुको आशिर्वादमा प्रम बन्ने दाउमा छन। “

एकपटक फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत पुगेका छन, यसपटक उनको यात्रा सम्भव भयो भाजपा अध्यक्ष जे.पी नड्डाको निमन्त्रणाले ! यसै गरी प्रधानमन्त्री पत्नी तथा नेपाली कांगेसकी नेत्री आरजु राणा पनि हाल भारत मै छिन्।
देशमा संघीय चुनावको तयारी हुँदै छ, कांग्रेस सभापति तथा प्रम शेर बहादुर देउवा वर्तमान सत्ता गठबन्धन कायम गर्दै चुनावमा जाने मुडमा छन्। अर्को तर्फ आफ्ना सबै स्त्र्यातेजी फेल खाएपछी नेकपा एमालेका अध्यक्ष के.पी ओली बामपन्थी दललाई आम माफी दिने सुर-सारiमा छन् – चुरो कुरो सता चाहिएको छ सबैलाई ।
रमाइलो घटना त् के भयो भने प्रचण्ड’ र नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाबीच शनिबार भेटवार्ता भएको समाचार तस्विर सहित मिडियामा आयो। नेपाली राजदूत शंकर शर्माको आतिथ्यमा दुई नेताको भेटको साइत जुरेको थियो।

किन पुगे प्रचण्ड र आरजु भारत :

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुन एकपटक नेपालको प्रधानमंत्री बन्ने सपना छ। कुनै समय कटुवाल प्रकरणले थला परेर संसदमा विदेशी प्रभुको गुलामी गरिदैन भन्दै प्रम पद बाट राजिनामा दिएका दाहाल एकपटक फेरि विदेशी प्रभुको आशिर्वादमा प्रम बन्ने दाउमा छन् ।

उता नेपाली काँग्रेसकी नेतृ तथा प्रधानमंत्री पत्नी आरजु राणामा नेपालको पहिलो महिला प्रधानमंत्री बन्ने सपना जागेको बताइन्छ। अन्तराष्ट्रिय सम्बन्धमा अव्वल राणा अहिले वर्तमान सत्ता गठबन्ध को निरन्तरता र चुनाबपछी आफ्नो प्रधानमंत्री यात्राको सुनिश्चितताको लागि आरजु राणा भारतको साथ र समर्थन खोजि रहेकी छिन्।

भारतले नेपालको संविधान चिन्दैन र नेपाली नेताले बिजेपी चिन्दैन :


“पुर्व प्रधानमंत्री द्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको निधनपछी नेपाल र भारत बीच पोलिटिकल लेवलको रिलेसनमा एउटा ठुलो भ्याकुम छ। त्यसमाथि अहिले भारतमा बिजेपीको सत्ता छ र भारतीय जनता पार्टी मा गङ्गा वारी भन्दा गङ्गापारीका नेताहरुको पकड छ। बिजेपी का बर्तमान गङ्गापारीका नेताहरुको लागी नेपाल र नामिबिया बीच कुनै अन्तर छैन, कुनै एडिसनल सेन्टिमेन्ट छैन।”

हजुर वार्तामान भारतले नेपालको संविधान चिन्दैन, यो नोटेड मात्र हो – नाका बन्दि जनताले भुलेका छैनन , भुलेको त स्वार्थी नेपाली राजनीतिले मात्र हो। नेपालको संविधान, तत्कालिन भारतीय सत्ता कांगेस आइ र सत्ताका नेपाल मास्टर माइन्ड श्यामशरण मुखर्जीको ग्रयाण्ड डिजाइन १२ बुदे को बाइप्रोडक्ट मान्दछ, भारतीय जनता पार्टी (भाजपा)।

पुर्व प्रधानमंत्री द्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको निधनपछी नेपाल र भारत बीच पोलिटिकल लेवलको रिलेसनमा एउटा ठुलो भ्याकुम छ। त्यसमाथि अहिले भारतमा बिजेपीको सत्ता छ र भारतीय जनता पार्टी मा गङ्गा वारी भन्दा गङ्गापारीका नेताहरुको पकड छ। बिजेपी का बर्तमान गङ्गापारीका नेताहरुको लागी नेपाल र नामिबिया बीच कुनै अन्तर छैन, कुनै एडिसनल सेन्टिमेन्ट छैन।

कुनै समय पूर्वराजादेखि अहिलेका मै हु भन्ने नेताहरुको वर्तमान टाउको दुखाइ यै हो, भारतीय जनता पार्टी (भाजपा) संग न कुनै पहिचान र पहुँच हुनु हो। त्यसैले सबै नेता अहिले भाजपासंग नाजिकिने रणनितिमा छन, कोही राखी बाध्ने , कोही भारतीय जासुसी संस्था ‘र’ का प्रमुखलाई हाकाहाकी प्रधानमंत्री कार्यालमा भेटछन् र कोही स्वघोषित विदेशी प्रभुको गुण गान गाउँदै छन् , सबैको एकै स्वार्थ आम निर्वाचन पछीको आफ्नो सत्ता।

केपी ओलीको छटपटाहट

आफ्नो दम्भ र गलत पोलिटिकल स्ट्र्याटेजिले गत स्थानिय निर्वाचनमा मिस्टर टु नम्बर बन्न पुगेका राष्ट्रवादी नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत आरजु राणा र प्रचण्डको भारत भ्रमणले मनमा ढ्यांग्रो फुटेको छ। र यसलाई काउन्टर गर्न आफ्नो एन्टी इन्डियन युएसपीको चिराग फेरी एकपटक खोलेका छन् , ओलीलॆ गत साता केपी ओलीले,चीनसँग पारवहन सम्झौता गरेवापत र चुच्चे नक्सा छापेवापत आफू दुईपटक सत्ताच्युत भएको टिप्पणी गरेका छन् । ओली को चिनसंगको सम्बन्ध कस्तो छ र भारतीय संग कस्तो छ – यो त महाकाली नदिमा बग्ने पानी जस्तै संग्लो छ।

नाकावन्दीका मास्टर माइन्ड एस जयशंकर नै पावरमा

“नेपालका नेताहरुले बडा हिम्मतका साथ २०७२ मा एस जयशंकरलाइ डोन्ट ट्राइ टू इन्टरभिन इन आवर इस्स्यु भन्दै रित्तो हात फ़र्काइदिएका थिए। तर तिनै एस जयशंकर अहिले पनि भारत जाने हरेक ठुला साना नेपाली नेताको मोदी दर्शनको चाँजो-पाजो मिलाउने पात्र हुन्। डोन्ट ट्राइ टू इन्टरभिन देखि वान अपोइण्ट्मेन्ट पुगेका छन् हाम्रा पोलिटिकल हिरोहरु, राजनिती हो सत्ता को लागी जे पनि हुन्छ।”

कुनै समय संविधान जारी नगर्न सुझाव बोक्दै नेपाल आएका तत्कालिन भारतीय विदेश सचिव उल्टै अहिले भारतका विदेशमंत्री छन्। नेपालका नेताहरुले बडा हिम्मतका साथ २०७२ मा एस जयशंकरलाइ डोन्ट ट्राइ टू इन्टरभिन इन आवर इस्स्यु भन्दै रित्तो हात फ़र्काइदिएका थिए। तर तिनै एस जयशंकर अहिले पनि भारत जाने हरेक ठुला साना नेपाली नेताको मोदी दर्शनको चाँजो-पाजो मिलाउने पात्र हुन्। डोन्ट ट्राइ टू इन्टरभिन देखि वान अपोइण्ट्मेन्ट पुगेका छन् हाम्रा पोलिटिकल हिरोहरु, राजनिती हो सत्ता को लागी जे पनि हुन्छ।

भारतको टाउको दुखाइ :

नेपालमा सधै आफ्नो जबर्जस्त उपस्थिति राख्न चाहने भारत कुनै समय अनमिन आगम ले नाजवाफ भएको थियो। अहिले पुन अमेरिकी अग्रसरताले भारतीय सत्तामा चिसो पसेको छ। एमसीसीको भारतले खुलेर विरोध गर्नसक्ने कुरो थिएन तर एमसीसीको नाममा नेपालमा अमेरिकी हालीमुहाली भारतलाई मनपर्ने अवस्य भएन।

चिन, अमेरिका र युरोपियन युनियनलाई नेपालमा एकसाथ काउन्टर गर्न अझै भारतसंग दरिलो कार्ड छ – त्यो हो हिन्दु कार्ड । हिन्दु कार्डको जनै सर्टिफिकेट प्रचण्ड, आरजु, ओली, कुण्ड्ले, मण्डले अथवा राजावादिले पाउने हो त्यो भने भविष्यको गर्भ मै छ।

-झट्का मास्टर !