उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेकाे विजुलीको पोल बीच सडकमा ढल्यो

News

काठमाडौं, ११ माघ । कुपण्डोलस्थित होटल हिमालय अगाडीको सडक किनारामा रहेको विजुलीको पोल ढलेको छ । विजुलीको पोल ढले पनि कुनै मानविय र भौतीक क्षति भएको छैन ।

शनिबार सडकमा गाडी कम गुडेकाले ठूलो मानविय क्षति हुनबाट जोगिएको छ । पोल सडकको आधा-आधी भागसम्म आएको छ । विद्युत प्रभाव भइरहेको पोल सडकोबीचमै ढलेपनि मानविय र भौतिक क्षति नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।