काठमाडौं, १९ माघ । कोरोना भाइरस संक्रमण हुनबाट बच्न मास्कको प्रयोग अत्याधिक बढेपछि चीनमा मेडिकल मास्कको अभाव हुन थालेको हो ।बजारमा मास्क पाउन छाडेपछि मानिसहरु भाइरसबाट बच्न अनेक उपाए अपनाउन थालेका छन् ।
चिनका ठुला–ठुला स्टोरमा समेत मास्क अभाव भएको छ । त्यो अभाव सँगै अनिवार्य यात्रागर्नुपर्ने चिनीयाहरु मास्कको सट्टा महिलाको ब्रा लगाएत सुन्तलाको बोक्रा, आधा काटिएको ड्रम र पुरै प्लास्टिकले कभर भएर हिड्न थालेका छन् ।
चीनको वुहान सहरबाट फैलिएको नोवल कारोना भाइरको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर फिल्टर माक्स’को माग अत्यधिक बढेको छ । काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ ।