सर्लाही जिल्ला अदालतले यौन शोषणको मुद्दामा वम्जनलाई नियन्त्रणमा लिन आदेश जारी गरेपछि शुक्रबार बिहानै सिन्धुलीस्थित वम्जनको आश्रममा पुगेको प्रहरी टोलीले उनी नभेट्टाएपछि उनका सहयोगीलाई नियन्त्रणमा लिएर फर्किएको छ । सर्लाही जिल्ला अदालतले यौन शोषणको मुद्दामा वम्जनलाई नियन्त्रणमा लिन आदेश दिएको थियो । अदालतले बिहीबार आदेश जारी गरेपछि शुक्रबार बिहानै सिन्धुलीस्थित वम्जनको आश्रममा पुगेको थियो । वम्जनमाथि अनुयायीको हत्या, बलात्कार र बेपत्ता पारेको आरोप छ ।