पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

News

काठमाडौं, २९ माघ । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।