नेपालमा भूकम्प पश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिहरुका लागि UNOPS (United Nations Office for Project Services) ले भारतमा २०७६ माघ २७ देखि फाल्गुण २ गते सम्म परिचयात्मक भ्रमणको आयोजना गरेको छ । दुई नगरपालिकाका मेयर÷उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी भएका छन् । भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानमा रहेकाShake Table Testing Facility, Structural Engineering Lab, Fire Lab, Technology Demonstration Lab र Rural park को अवलोकन गर्नेछन् । दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले CURE नामक संस्थाको भ्रमण गर्नेछन् । इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजमा प्रतिनिधिहरुले भूकम्प पश्चातको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनुका साथै INTACH हेरिटेज एकेडेमीको पनि भ्रमण गर्नेछन् । नुवाकोट जिल्लामा २३,०८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन UNOPS ले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।