काकरभिट्टामा नाम मात्रको हेल्थ डेस्क

Health-Education

झापा, २ फागुन । पैदल मार्ग भएर सबैभन्दा धेरै विदेशी नागरिक भित्रिने पूर्वी नाका कारकरभिट्टामा स्थापना गरिएको कोरोना भाइरस परामर्श कक्ष, चिकित्सक तथा उपकरण उपलब्ध नहुँदा हेल्थ डेस्क नाम मात्रको बनेको हो ।

त्यहाँ न चिकित्सक छन् न त्यहाँ बस्ने स्वास्थ्यकर्मीलाई कुनै उपकरण उपलब्ध गराइएको छ । कोरोना भाइरसको संक्रमण नेपाल भित्रन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा स्थापीत परामर्श कक्षमा खटाइएका अनमी हात्ती पाइलेको औषधि खुवाउन हिँडेसंगै परामर्श केन्द्र नाम मात्रैको बनेको हो । मेचीनगरपालिकाको स्वास्थ्य शाखाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुईजना प्राविधिकका भरमा उक्त सहायता कक्ष सञ्चालन गरिएको छ । तर, पूर्वी नाका काँकरभिट्टामा भारततिरबाट आउने प्रायः सबै मानिसहरु त्यस कक्षमा नपसी आफ्नो बाटो हिँड्ने गरेका छन् ।अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्ड समेत काँकरभिट्टामा भएपनि दुवै कार्यालयसंग समन्वय नभएको बताइएको छ ।