अमेजनका संस्थापक जेफ बेजोसले जलवायू परिवर्तन असर न्यूनिकरणका लागि १० अर्ब डलर प्रदान गर्ने घोषणा

Economy International

अनलाइन सपिङको विश्व व्यापी संस्था अमेजनका संस्थापक जेफ बेजोसले जलवायू परिवर्तनबाट देखिएको असर न्यूनिकरणका लागि १० अर्ब डलर प्रदान गर्ने घोषणा गरेका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बेजोसले वैज्ञानिकहरुको अनुसन्धानमा खर्च गर्नका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनले बेजोस अर्थ फण्ड मार्फत जलवायू परिवर्तनको असर विरुद्ध १० अर्ब डलर सहयोग गर्ने बताएका छन् ।

१ सय ३० अर्ब डलर बराबरको सम्पत्तीका मालिक बेजोसले जलवायू परिवर्तनका असर न्यूनिकरण गर्ने उपायको खोजी र विनासका विरुद्ध लड्न चाहेको पनि बताएका छन् ।

बेजोसले आफ्नो सम्पतिको ८ प्रतिशत रकम जलवायु परिवर्तनको असर न्यूनिकरणमा खर्च गर्न चाहेको बताए । उनले अमेजनका कर्मचारीलाई पनि जलवायू परिवर्तनविरुद्ध लड्न आग्रह गरेका छन् ।