DELL ले आफ्नो साइबर सुरक्षा एकाई दुई अर्ब डलरमा बेच्ने घोषणा

Interesting International

न्यूयोर्क । प्रसिद्ध प्रबिधि कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाई (आरएसए) दुई अर्ब आठ करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई विक्री गर्ने घोषणा गरेको छ ।

आरएसए कम्प्युटर प्रणालीको रक्षा गर्नमा विशेष सफल मानिन्छ भने यसले साइबर–सुरक्षा छलफलहरू चलाउने गर्छ ।

डेलका अनुसार आरएसएका एक हजार २०० भन्दा बढी ग्राहक रहेका छन् र यसको मुख्य समूह साइबर–सुरक्षा उद्योगको सबैभन्दा ठूलो समूह हो ।

सन् १९८२ मा स्थापना भएको आरएसएले तथ्याङ्कलाई सङ्केतमा ढाल्ने प्रणाली विकास गरेको थियो ।

अमेरिकी यस कम्पनीलाई सन् २००६ मा करिब दुई अर्ब १० करोड अमेरिकी डलरमा ईएमसीले भ किनेको थियो तर एक दशक पछि डेलले सोही प्रणालीलाई ४४ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो ।