‘कोरोना संक्रमित’ व्यक्तिहरु सवार बसमा हमला

International

यूक्रेनको एक शहरमा  चीनबाट उद्धार गरेर ल्याइएका व्यक्ति सवार बसमा  दर्जनौँ प्रदर्शनकारीहरुले हमला गरेका छन् । ती व्यक्तिहरुलाई कोरोना संक्रमणबाट ग्रसित चीनबाट पोल्तावा शहरमा रहेको एक अस्पताल लैजान थालिएको थियो । हमलापछि यूक्रेनका राष्ट्रपति वोल्दीमीर जेलेन्स्कीले नागरिकहरुलाई एकता देखाउन अपील गरेका छन् । उनले भने, ‘ यो याद राखौँ कि हामी सबै मानिस हौँ ।’