प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिन मनाउँदा भएका केही गतिविधिले विवादित बन्न पुगेको छ। आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि उत्पन्न भएको विवाद केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवादित बन्न पुगेको छ। सामाजिक सञ्जालमा केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो भाइरल बनेको छ। ओली आफ्नो जन्म दिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकास्थित आफू जन्मेको घर पुगेका छन्। त्यसमाथि प्रधानमन्त्रीको जन्मदिनको केकमाथि पनि सामाजिक संजालमा विवाद उत्पन्न भएको छ । नेपालको नक्सा आकारको केकलाई धेरैले देश नै चिरेपछि के बाकी रह्यो भनेर ब्यङ्ग गरेका छन् ।
