अमेरिकामा सेलिब्रिटी पार्कर कुकुर मानार्थ मेयर

Interesting

अमेरिकाको जर्जटाउन सहरमा कुकुरलाई मेयर बनाइएको छ । पार्कर नामक सेलिब्रिटी कुकुर मेयर बन्न सफल भएको हो ।

गत बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहकाबीच पार्करले सहरको मेयर पदको सपथ ग्रहण गरेको छ ।

 

गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेका थिए, मेयरमा निर्वाचित पार्करलाई स्थानिय न्यायाधीशले सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दा तथा कुकुर प्रेमीहरु सहभागी थिए ।

पार्करका थुप्रै तस्बिर इन्स्ताग्राममा पनि सेयर गरिएका छन् ।