जम्मू काश्मिरको श्रीनगर र काश्मिर घाटीका बिभिन्न् भागमा ६ महिनापछि प्राइभेट तथा सरकारी शैक्षिक संस्थाहरु खुलेको छ ।
प्रदेशमा ५ अगस्टमा अनुच्छेद ३७० हटाएपछि प्रतिबन्धका साथै शैक्षिक संस्थाहरु बन्द भएका थिए । त्यसपछि सरकारले सबै स्कूलहरुलाई ६ महिनाको लामो शीतकालिन अवकाश घोषणा गरेको थियो ।
६ महिनासम्म घरमा बसेका विद्यार्थीहरु स्कूल जान पाउँदा खुसी छन् ।