यति समूह पूर्व अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा पक्राउ

News

यति समूह पूर्व अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पा लागूऔषधसहित पक्राउ परेको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीसँग खास सम्बन्ध भएका कारण माघ १८ गते पक्राउ परेपनि लामो समयसम्म घटनालाई प्रहरीले गोप्य राखेको थियो । तर ओलीको पावर कमजोर भएपछि यती समूहका सदस्यको अपराध सार्वजनिक भएको छ ।

प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो । सबै अभियुक्तलाई बुधवार जिल्ला अदालतमा बयान गरिएको छ ।

‘पक्राउ परेका चार जनामध्ये तीन जनाको बयान भएको छ,’ काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दराज श्रेष्ठले भनेका छन् । नवाङ यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विवादमा समेत मुछिएका थिए ।

यती समूहको बदनाम हुने डरले नवाङ पक्राउ परेको सूचना लामो समयसम्म ओलीको पावरमा लुकाइएको भएपनि अदालतबाट उनी पक्राउ परेको सूचना चुहिएको छ । यती समूहले नेकपालाई पार्टी कार्यालय दिएकोदेखि लिएर अनेक विवादमा नेकपा पार्टी र सरकार मुछिएको छ ।