आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । यस्तै आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको थियो। पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्य सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो। नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइएको छ।