नेपाली सेनाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सुपथ मूल्य पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ । नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि सो पसल सञ्चालनमा ल्याएको हो। त्रिपुरेश्वरस्थित सेनाको मुख्यालयस्थित एमईएस परिसरभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गरे।