corona

सरकारको अपील : विदेश भ्रमणमा नजानुस्

Health-Education

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले नेपालीहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ ।

कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काममा बाहेक नजान नै सरकारले आग्रह गरेको छ । सरकारले दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको छ भने अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको छ ।

मध्य पूर्वका देशहरुमा भ्रमण, अध्ययन र रोजगारीमा जान सरकारले रोक लगाएको त छैन । तर तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न अपील गरेको छ ।