बलिउड नायक सलमान खानलाई महंगो मूल्यमा चिनियाँ स्मार्टफोन कम्पनीले रियल मी 6 र रियल मी 6 प्रो स्मार्टफोनका लागि ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनीले सलमानलाई १५ हजार पर्ने स्मार्टफोनको ब्राण्ड एम्बेस्डर बने बापत ७ करोड खर्च गरेको हो ।
सलमानले भारतिय सञ्चारमाध्यममा स्मार्टफोनको दुनियाँमा अगाडी बढ्दै गरेको यो कम्पनीसँग जोडिन पाउँदा निकै नै खुशी भएको बताएका छन् । उनले रियल मी 6 सीरिज स्टाइलिस भएकोले ग्राहकले अत्यधिक मन पराउनेमा विश्वस्त रहेको पनि बताएका छन् ।
कम्पनीले सलमानलाई १५ हजार पर्ने स्मार्टफोनको विज्ञापनको लागि ७ करोड खर्च गरेको छ । रियल मी को सिइओ साथै भाइस प्रेसिडेन्ट माधव सेठका अनुसार सलमान जनतामाझ निकै लोकप्रिय भएकोले महंगो मूल्यमा सलमानलाई ब्राण्ड एम्बेस्डर बनाएको बताएका छन् ।