काठमाडौं, २४ फागुन । नेपालका लागि भारतीय नव नियुक्त राजदूत विनयमोहन क्वात्राले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् । राजदूत क्वात्राले राष्ट्रपति, उपप्रधानमन्त्री, पूर्व प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीहरु लगायतका नेता तथा अन्य केही मन्त्रीलाई भेटेका छन् ।नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले अहिले नेपाली उच्च अधिकारी ,नेता तथा मन्त्रीहरुसँगको भेटभाटमा सक्रियता बढाएका हुन् । नेपालका लागि भारतीय राजदूत क्वात्रा आफ्नो राजनीतिक भेटघाटको सुरुवात भने उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँगको भेटघाटबाट गरेका थिए ।
क्वात्राले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल र उर्जा, तथा परराष्ट्र मन्त्रीसँग पनि भेटघाट गरिसकेका छन् ।