Rohini Thapaliya

राष्ट्रपतिको हेलिकप्टर भित्र्याउने पद्मश्री प्रालिसंग ‘माज्दा’ ले तोड्यो सहमति, नयाँ बिक्रेता खोज्दै

Economy

Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

झण्डै एक महिना पहिले प्रभु बैंकले ३५ दिने सूचना सार्वजनिक गर्दै व्यवसायी रोहिणी थपलियालाई ऋण चुक्ता गर्न भन्यो । तत्कालिन शाही शासनका बेला फर्निचरको व्यवसायबाट एकाएक उदाएका थपलिया पछिल्लो समय जापानी कार निर्माता ‘माज्दा मोटर कर्पोरेशन’ को नेपालका लागि आधिकारिक बिक्रेता समेत थिए । उनको निजी कम्पनी पद्मश्री प्रालिले जापानबाट माज्दाका कार नेपालमा ल्याएर बिक्री वितरण गर्दै आएको थियो ।

पछिल्लो समय थपलिया आर्थिक संकटमा पर्दै गएपछि उनलाई बैंक वित्तीय संस्थाले ताकेता गर्दै आईरहेका छन् । यसै बिच जापानी कार निर्माता कम्पनी माज्दा मोटर कर्पोरेशनले पद्मश्री प्रालिलाई नेपालको आधिकारिक बिक्रेताबाट हटाउँदै नयाँ बिक्रेता चयनको प्रकृया अघि बढाएको छ ।

थपलियाको पद्मश्री प्रालि माज्दाको नेपालका लागि आधिकारिक बिक्रेता थियो। बुधबार एक सूचना निकाल्दै माज्दा मोटर कर्पोरेशनले नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा काम गर्न इच्छुकलाई मार्च २०, २०२० भित्रमा आवेदन पेश गर्न भनेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्धी समेत रहेका थपलियाले माज्दा गाडी आयात गर्ने क्रममा बैंकबाट लिएको ऋण नतिरेपछि झण्डै एक महिना पहिले प्रभु बैंकले ३५ दिने सूचना निकाल्दै ऋण तिर्न ताकेता गरेको थियो ।

सुरुवाती चरणमा हिमालयन बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सिभिल बैंक, तात्कालिन ग्राण्ड बैंक लगायत वित्तीय संस्थाबाट एलसी खोल्ने तथा ऋण लिने गर्दै आएका थिए । फर्निचरका साथै अन्य प्रकृतिका व्यवसायसँगै माज्दाका कार खरिद तथा बिक्री गर्ने समयमा उनले उल्लेखित बैंकहरुबाट कारोबार गर्दै आएका थिए ।

माज्दाका गाडी ल्याएर बेचे पनि उनले बैंकको ऋण भने तिरेका थिएनन्। प्रभु बैंकले धितोको अभावमा तत्कालिन अवस्थामा थपलियासँग ऋण असुल्ने बाटो देखेन । थपलियाले त्यसै समयमा सिभिल र नेपाल इन्भेष्टमेण्ट बैंकमा रहेको धितो भेटिए पछि प्रभु बैंकले पनि आफ्नो धितो कायम गराएको थियो । थपलियाको ज्ञानेश्वरस्थित झण्डै २ रोपनी जग्गा र घर प्रभु बैंकले धितो कायम गराएको थियो ।

कुनै समयमा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत बनेका थपलियाले पछिल्लो पटक राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ल्याइएको हेलिकप्टर नेपाल ल्याउने समयमा रचनात्मक भुमिका निर्वाह गरेका थिए । इटालीमा निर्मित ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ ग्लोबल टेण्डर बिनै सरकारले मन्त्रिपरिषद्बाट कार्यविधि बनाएर खरिद गर्ने सम्झौता गरेकोमा थपलिया नेपाल प्रतिनिधि बनेका समेत थिए ।

शाही शासनका बेलादेखि नै शक्तिको भरमा उदाउँदै आएका थपलिया लोकतन्त्र र गणतन्त्र स्थापना पछि पनि उत्तिकै सक्रिय बन्दै गएका थिए । तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग सम्धी समेत बनेपछि उनको व्यवसाय झनै फस्टाउँदै गएको थियो। यो समयसम्म आईपुग्दा थपलिया विभिन्न किसिमका आर्थिक समस्यामा परिसकेका थिए । शक्तिको आडमा उनले आर्थिक कारोबारलाई पारदर्शी बनाउन पनि सकेनन् ।

तत्कालिन अख्तियार प्रमुख कार्कीले उनलाई माथि उकास्न हरदम पहल नगरेका पनि होइनन् । तर थपलिया निकटको शक्तिकेन्द्र धर्मराएसँगै समस्याको चाङ पनि एक पछि अर्को गर्दै चुलिँदै गयो।

प्रभु बैंकले निकालेको ३५ दिने सूचनाको अवधि पुरा हुन केही दिन मात्र बाँकी छ । उक्त अवधिमा थपलियाले ऋण चुक्ता गरेको जानकारी आउँछ वा धितोमा रहेको ज्ञानेश्वरको जग्गा र घर लिलामको सूचना आउँछ, त्यो भने केही दिनमा नै देखिने छ।

(श्रोत : notebazar.com)