Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

पर्यावरण सम्बन्धित अभियानमा सक्रिय रहेकी आठ वर्षीया बालिका लिसिप्रिया कञ्गुजमले प्रधानमन्त्री मोदीले गरेको प्रस्ताव अस्विकार गरेपछि उनको चर्चा चुलिएको छ ।
भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई सम्मान गर्ने क्रममा लिसिप्रियालाई पनि मनोनयन गरेको थियो ।

तर लिसिप्रियाले ट्वीट गरेर प्रेरणादायी महिलामा आफूलाई राखेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै धेरैपटक सोचेपछि सम्मान अस्वीकार गर्ने निर्णय गरेको बताएकी छन् ।
उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय शान्ति बाल पुरस्कारबाट सम्मानित भएकी थिइन् । बालिकाले आफ्नो प्रशंसा र सम्मानको सट्टा संसदमा आफ्ना मागबारे छलफल गर्न आग्रह गरेकी छिन्।
उनले प्रधानमन्त्री मोदी र सांसदसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन माग गरेकी छन् । लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरबी बासिन्दा हुन् । उनी पर्यावरणको मुद्दामा सक्रिय छिन् ।
सोशल मिडियामा उत्पन्न प्रतिक्रियाहरुपछि लिसिप्रियाले अर्काे एक ट्विट गरेकी छन् ।

उनले भनेकी छन्, ‘ ‘प्रिय दाजुभाइ तथा दिदीबहिनीहरु मेरोबारे अफवाह नफैलाइदिनुहोस् । म कसैकाविरुद्ध छैन । म प्रणालीलाई बदल्न चाहन्छु, पर्यावरण होइन । म कसैसँग आशा राख्दैन मात्रै हाम्रा नेताले मेरो आवाज सुनुन् भन्ने चाहन्छु । मलाई थाहा छ मेरो निर्णयले मेरो आवाज सुनाउनमा मद्दत गर्ने छ ।’