नेपालमै पहिलो पटक पुरै परिवारलाई जेल सजाय

Politics

Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

ज्यान मुद्दामा जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जय कुमार साह ‘टकला’ समेत उनका पिता, पत्नी, भाई समेत सहयोगीहरुलाई जेल सजाय भएकोछ ।

विशेष अदालतले विहिवार गरेको फैसलामा साहलाई ५ वर्ष कैद, उनकी पत्नी रंगीला देवी साहलाई अढाई वर्ष, पिता साधुशरण साह सुडीलाई अढाई वर्ष र भाई रामकुमार साहलाई डेढ वर्ष कैद सजाय सुनाएको छ ।

त्यसैगरि साहका तत्कालिन सहयोगीहरु छेदी राउत र सुजीत पाण्डेलाई अढाई/अढाई वर्ष कैद सजाय सुनाएकोछ । विशेष अदालतले हाल सम्म गरेको फैसलामा राजनीतिकर्मी एकै परिवारका दाजुभाई, पिता, पत्नीलाई अकुत सम्पत्ती राखेको अभियोगमा जेल सजाय गरेको संभतः यो नै पहिलो हो ।

सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दाको फैसलामा साह सहितलाई १९ करोड बिगो र उतिकै जरिवानाको फैसला भएको छ ।सम्पत्ती शुद्धिकरण विभागले साहमाथि ३२ करोडको विगो र उतिके जरिवानाको माग गरेको थियो ।

साह बिरुद्ध सम्पत्ती शुद्धिकरण विभागले २०७४ साल चैत १६ गते मुद्दा दायर गरेको थियो । त्यस अघि नै २०७३ साल पुस २५ गते अख्तियारले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायधिशहरु कृष्ण गिरि, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले साह, उनका पिता, पत्नी, भाई र तत्कालिन सहयोगीहरुलाई कैद र जरिवानाको सजाय सुनाएकोछ ।

अख्तियारले साढे ३१ करोड र सम्पत्ती शुद्धिकरणले ३२ करोड सम्पत्तीको स्रोत नखुलेको दावीगर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई सजाय भएको थिएन् ।

सम्पत्ती शुद्धिकरणको मुद्दा बाहेकमा साह बाहेकका सदस्यहरुलाई सजाय भएको थिएन् । अख्तियारलेपनि उनकी आमा दुलारी देवी सुडी, पिता साधु साह सुडी, पत्नी रंगीला देवी, भाई रामकुमार साह समेतमाथि मुद्दा गरेको थियो ।

तर त्यसमा साह बाहेक अन्यलाई सजाय भएको थिएन् । साह, उनका पिता साधु साह सुडी, पत्नी रंगीला देवी र भाई रामकुमार साहको नाउँमा रहेका सम्पूर्ण सम्पत्ती रोक्का रहेकोछ ।

विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिन जरिवाना भएको बराबरको धितो राखेर मात्र जान पाउने प्रावधान रहेको कानुन व्यवसायीहरु बताउँछन् ।

सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या र रामानन्द चोक बम काण्ड मुद्दामा धनुषा जिल्ला अदालतबाट साहलाई जन्मकैदको सजाय भएकोछ ।

काठमाण्डु जेलमा रहेका साहका लागि फागुन महिनामा १५ दिन भित्र आएको विशेष अदालतको दुईवटा फैसलाले थप जेल सजाय भएकोछ ।