Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

काठमाडौं, ३ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि नेपालमा दुई रुपैयाँ मात्रै घटाएको हो । निगमले हवाई इन्धन आन्तरिकतर्फ भने साढे ४ रुपैयाँ घटाएको जनाएको छ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ भने मूल्य यथावत नै राखेको छ। निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल र मट्टितेलको ९५ रुपैयाँ कायम गरिएको छ। हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
हाल अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रुपमा घटेको छ। तीन महिनाअघि ओपेक राष्ट्रबाट निर्यात हुने कच्चा तेलको मूल्य प्रति ब्यारेल ६७ अमेरिकी डलर रहेकोमा सोमबार यो ३३दशमलव २५ डलर प्रति ब्यारेजलमा झरेको छ। कोरोनाको महामारी विश्वभर फैलिएसँगै विश्वभर हवाई इन्धनसहित सबै इन्धनको माग घटेको छ।