Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

काठमाडौँ : त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ । अध्यागमनले कोरोना भाइरस नभएको व्यहोरा लेखिएको स्वास्थ्य प्रमाणपत्र नल्याई प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको हो ।
फिर्ता पठाइएकामा नेपाली मूलका बेलायती स्वर्णिम गुरुङ पनि छन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ । अध्यागमनले फागुन २७ देखि सोमबारसम्म ३६ विदेशीलाई फिर्ता गरेको हो ।
विदेशीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सात दिनको स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्छ । भिसा र फर्कने टिकट नभएका विदेशीलाई विमानस्थलमा रहेको ‘डिटेक्सन’ कक्षमा राख्ने गरिएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रक्रिया स्थगित गरेको छ । अहिले सम्बन्धित मुलुकको नेपाली दूतावासले मात्र भिसा जारी गर्दै आएको छ ।
विदशी नागरिकले अनिवार्य कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र (हेल्थ रिपोर्ट) बुझाउनुपर्ने निर्णय कन्सुलर सेवा विभागमार्फत नेपालस्थित विदेशी दूतावास र विदेशस्थित नेपाली दूतावासमार्फत सम्बन्धित मुलुकमा पत्राचार गरिएको थियो ।