Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि अध्यागमन नियन्त्रण गर्ने सरकारले निर्णय लिएयता ५३ जना विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको छ । फिर्ता हुनेमध्ये ४४ जनालाई स्वाब टेस्टको प्रमाणपत्र नल्याएको कारण र नौ जनालाई ‘अन अराइभल भिसा’ अर्थात् नेपाल प्रवेश गरेपछि तत्कालै प्रवेशाज्ञा नदिने सरकारी निर्णयका कारण फिर्ता गरिएको हो ।
शनिवार मध्यरातबाट लागु हुने गरी नेपाल सरकारले विदेशीहरूलाई ‘अन अराइभल भिसा’ नदिने र नेपाल प्रवेश गर्नका लागि स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको थियो।
उक्त निर्णय भएयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशीहरूको सङ्ख्या ह्वातै घटेको छ र नेपाल प्रवेश गरेका केही सय विदेशीमध्ये अधिकांश भारतीय नागरिक छन्।
मार्च १५ देखि कार्यान्वयन भएको नयाँ व्यवस्था पालना नगरेका ५३ जनालाई विमानस्थलबाट फिर्ता गरिएको छ।
स्वाब टेस्टको प्रमाणपत्र नल्याएकोमा विमानस्थलबाट फिर्ता गरिएका ४४ विदेशी नागरिक चीन, इटली, हङ्कङ, जापान, फ्रान्स, अस्ट्रेलिया, ब्रिटेन, अमेरिका, मेक्सिको, इजरेल र भुटानका रहेका छन् । त्यसैगरी अन अराइभल भिसा नदिने निर्णय अनुसार द नेदरल्याण्ड्स, चीन, फ्रान्स, इजरेल, चेक गणतन्त्र र ब्रिटेनका नागरिकलाई फिर्ता गरिएको हो ।
मार्च १५ यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् बुधवारसम्म तेस्रो देशबाट १७४ जना र भारतबाट ६०६ जना नेपाल आएका छन्।
बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् अन्तराष्ट्रिय विमानका चालक दलका सदस्यसहित जम्मा २२ जना मात्रै यात्रु नेपाल भित्रिएका थिए।
भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने यात्रुका हकमा भने स्वास्थ्य जाँचको प्रमाणपत्र हालसम्म हेर्ने व्यवस्था लागु गरिएको छैन ।