तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुुखैरेनी गाउँपालिका-३ ऐना पहरा नजिक आइतबार साँझ मिनि बस दुर्घटना भएको छ । पोखराबाट दाङका लागि छुटेको ना ५ ख ४२९४ नम्बरको मिनि बस सडकबाट १ सय मिटर तल मर्स्याङ्ग्दीमा खसेको हो । उक्त दुर्घटना ३ जना यात्रुको मृत्यु भएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जानकारी दिएको छ । दुर्घटना २१ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको आबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको छ । बसमा १६ जना सडक निर्माण गर्ने कामदार र अन्य ८ गरि कुल २४ जना यात्रु रहेको र घटना स्थलबाट घाइतेहरुको उद्वार भईरहेको प्रहरीले जनाएको छ ।