अमेरिकामा कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट नाटककार टेरेन्स मेक्नलीको ८१ वर्षको उमेरमा निधन भएको छ। कोभिड १९ बाट मृत्यु हुने टेरेन्स मेक्नली विश्वको पहिलो प्रसिद्ध कलाकार रहेको बताइन्छ।
चार पटकसम्म टोनी पुरस्कार जितेका विख्यात नाटककार मेक्नलीको अमेरिकाको फ्लोरिडा शहरमा ज्यान गएको हो। करियरमा ६ दशक अवधिमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए।