काठमाडौंमा अलपत्र आफ्ना नागरिकलाई जर्मनीले उद्धार गरेको छ। काठमाडौंका ठमेल, सानेपा तथा बौद्धमा सेल्फ क्वारेन्टाइनमा रहेका २७२ जना नागरिकलाई जर्मनीले हवाई उद्धार (एयरलिफ्ट) गरेको हो।
कतार एयरवेजको ३०४ जना क्षमताको जहाजबाट उनीहरु आज दिउँसो स्वदेश प्रस्थान गर्नेछन्। पोखरा, लुक्ला र काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई नेपालबाट फिर्ता लैजाने व्यवस्था मिलाइदिन काठमाडौंस्थित जर्मन दूतावासले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको थियो।