रसुवा । प्रतिनिधिसभामा रसुवाबाट निवार्चित सांसद मोहन आचार्यले आफ्नो घरमा २१ शय्याको क्वारेन्टाइन बनाएका छन् ।
विश्वव्यापी संक्रमणका रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ को शंकास्पद बिरामीको निगरानी तथा उपचारको व्यवस्थापनका लागि सांसद आचार्यले आफ्नै घरमा क्वारेन्टाइन निर्माण गरेका हुन् ।