काठमाडौं । कोरोना भाइरस संक्रमित चौथो व्यक्ति कैलालीको धनगढीका स्थानीयबासी भएको पुष्टि भएको छ । उनी दुबईबाट नेपाल आएको भएपनि कहिले आएको भन्नेबारे खुल्न बाँकी छ । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन ।हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । ती बिरामी गत चैत ११ गते अस्पताल भर्ना भएका थिए । यस्तै, काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।