काठमाडाैँ। राष्ट्रिय ध्वजा वाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मेडिकल जन्य सामग्री लिन शनिबार मध्यान्ह १२:५० मा चीनतर्फ उडेको छ।
नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओका लागि उडेको निगम श्रोतले गुन्द्रुक खवरलाई जानकारी दियो।
उक्त विमानमा चालक दल सहित १० प्राविधिक जनशक्ति रहेका छन्। श्रोत भन्छ, ‘वाइडबडी जहाज काठमाडौँबाट खाली उडेको छ, आजै राति १०ः३० बजे चीनबाट करिब ३० टन मेडिकल सामग्री लिएर फर्कने तालिका छ।’
जहाजले कोरोना भाइरस परीक्षण गर्ने किट र चिकित्सककालागि आवस्यक सुरक्षा सामाग्री ‘पिपीइ’ लगायतका औषधिजन्य सामग्री लिएर फर्किने छ।