लण्डन : लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन र डरहम युनिभर्सिटीले तालिमप्राप्त कुकुरले संक्रमित पत्ता लगाउन सक्छन् कि भनेर प्रयोग गर्न खोजेका हुन् । गन्ध सुँघ्नसक्ने क्षमताका कारण कुकुरले कोरोना संक्रमितलाई पत्ता लगाउनसक्ने उनीहरुको अनुमान छ ।
कुकुरको सुँघेर मलेरिया पत्ता लगाउने क्षमता साथै हरेक रोगको भिन्न गन्ध हुन्छ भन्ने यसअघिका अनुसन्धानका आधारमा उक्त टोलीले काम गर्ने जनाइएको छ । ती संस्थाले ६ हप्तामै यसका लागि तयार बनाउने गरी कुकुरलाई तालिम दिन थालेको जनाएका छन् ।
यी संस्थाले यसअघि क्यान्सर पत्ता लगाउन पनि यसै गरी तालिम प्राप्त कुकुरको प्रयोग गरेका थिए । त्यस्ता कुकुरले छालाको तापक्रममा सुक्ष्म परिवर्तन पनि पत्ता लगाउन सक्छन् । जसले गर्दा कुनै पनि मानिसमा ज्वरो छ कि छैन भनेर थाहा पाउन सजिलो हुन्छ ।