Kumari

७१ वर्षीय साक्षात् कुमारी

Interesting

‘जीवित कुमारी’ नेपालको संस्कृति र पहिचान हो । तर कस्तो मान्छेलाई कुमारी बनाइन्छ ? कसरी बनाइन्छ ? कुमारी बन्न के के गुण चाहिन्छ र कुमारीको बिदाइ कसरी हुन्छ ? भन्ने आम जिज्ञासा छ ।

अहिलेसम्म थुप्रै नेवार समुदायका चेलीहरु कुमारी बनेर बिदा भइसकेका छन् । धेरैलाई थाहा नहुनसक्छ , नेपालमा ७१ वर्षीय साक्षात् कुमारी पनि छिन् , जो निरन्तर ३२ वर्ष सरकारी कुमारी बनिन् र  अझ रोचक त के छ भने उनी अहिले ७१ वर्षकी भइन् तर अझै कुमारी नै छिन् ।

उनी ललितपुर पाटनकी ७१ वर्षीया धन कुमारी बज्राचार्य हुन् । । उनी अन्य कुमारीभन्दा फरक छिन् । उनी फरक हुनु पछाडिका कारण सुनेपछि कतिले त्यसलाई अप्राकृतिक मान्लान्, कतिले अपवाद पनि मान्लान् तर श्रद्धाको चस्माले हेर्दा उनी अलौकिक एवं दैवी शक्तियुक्त देखिन्छिन् ।

चार वर्षको उमेरमा कुमारी बनेकी बज्राचार्यले निरन्तर ६७ वर्ष कुमारी जीवन व्यतीत गर्दै आएकी छिन् । ललितपुरवासी उनलाई जीवित सम्पदा मान्द्छन् । सरकारको नजरमा भने उनि पूर्व कुमारी हुन् ।

सरकारले उनलाई महिनाको ५,८०० रुपैया पेन्सन दिन्छ । वि. स.  २०१० मा उनि जीवित देवी कुमारी छानिएकी थिइन् । उनि लगातार ३२ वर्ष सरकारी कुमारी बनेर ललितपुरको संस्कृतिलाई जिवन्त राखिन ।

३२ वर्षपछि भने राजपरिवारका कारण उनलाई कुमारी हुन दिईएन । तात्कालिन राजकुमार दीपेन्द्रले काठमाडौँ र भक्तपुरमा सानो कुमारी तर मुख्य कुमारी ठुली नसुहाएको र कुमारी फेर्न सुझायेपछि तत्कालिन दरबारले उनलाई सरकारी कुमारीबाट हटाएको हो । सरकारी कुमारीबाट अवकाश पाए पनि उनले कुमारीबाट भने अवकाश लिईनन् । उनि आफ्नै घरमा आसन् बनाएर बासिन । संसारका कुना कुनाबाट उनको दर्शन गर्न मानिसहरु पुग्ने गर्छन । उनीपछि अहिलेको कुमारी सहित ललितपुरमा ६ जना कुमारी बनिसकेकि छिन् । तर उनीमाथिको आस्थामा भने कमि आएको छैन ।   कुमारीको परम्परा उपत्यकाका तीन सहर भक्तपुर, ललितपुर र काठमाडौँमा छ ।

जीवित देवीका रूपमा कुमारीलाई पुज्ने परम्परा अनुसार कुमारी बनेकी बालिका महिनावारी हुने समय भएपछि नयाँ कुमारी प्रतिस्थापन गरिन्छ  तर धनकुमारी यो परम्पराभित्र अपवादका रुपमा निस्किइन् ।