झापा । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क दूध बाढ्न थालेका छन्।
गौरीगञ्ज, बाह्रदशी लगायतका गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशुल्क दूध बाढ्न थालेका हुन्। डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी दिए।
उनले दैनिक ७५ लिटर दूध उत्पादन गर्छन्।पाथीभरा कृषि फर्म दर्ता गरेर पशुपालन शुरु गरेका कृषक साहको मुख्य आयश्रोत नै दूध हो । तीन वर्ष अघिदेखि तीन उन्नत जातका गाई पालन गरेर उनले सो व्यवसाय शुरुआत गरेका थिए।
किसानले उत्पादन गरेको दूध नबिक्नु अहिलेको साझा समस्या हो।अधिकांश व्यवसायिक पशुपालक किसानले दैनिक ५० लिटर भन्दा बढी दूध निःशुल्क गाउँलेलाई बाँड्दै आएका छन्।
कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै एक सातादेखि लकडाउन गरेसँगै डेरी उद्योगले दूध सङ्कलन गर्न छाडेको छ।