महालक्ष्मी लाईफका सीईओ भट्टराईद्वारा २ महिनाको तलब भत्ता कोरोना कोषमा

News

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको तलब भत्ता दिने घोषणा गरेका छन् , कोरोनाभाइरसको कारण देश लकडाउनको अवस्थामा रहेको छ । विश्वव्यापी संकटको अवस्थामा नेपालीहरुको रक्षाका लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्न लागेको भट्टराईले जनाएका छन् । यो संकटको घडीमा सरकार एक्लैको स्रोत तथा साधनले धान्न असम्भव भएको कारण भट्टराइले सहयोग गर्ने बताएका हुन्। सरकारले यो अवस्थामा विभिन्न संघ संस्था, अन्तराष्ट्रिय समुदाय, नागरिकबाट सहयोगको आशा राखेको छ । नेपालभरका विभिन्न अस्पताल कोरोना उपचार र रोकथामका लागि अहोरात्र खटिरहेका छन् ।कति पैसा भुक्तानी गर्दैछन् भन्ने नखुलाइएपनि चेक लकडाउन खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उनले बताएका हुन् ।