चारसय बेडको क्वारेन्टाईन रित्तै, भारतबाट फर्किएका नेपालीलाई विद्यालयमा थन्क्याईयो

Health-Education

कञ्चनपुर, २० चैत्र । विश्वभरी कोरना भाईरस कोडिभ १९ संक्रमणको त्रास छ । संक्रमित मुलुकले कोरनाबाट बाँच्नका लागि विभिन्न उपाया अपनाईएको छ । छिमेकी मुलुक भारतमा समेत कोरनाको संक्रमण बढ्न थालेपछि भारत र नेपालमा लामो अवधिका लागि लकडाउन गरिएको छ ।

अझै भारतको बनबासा र टनकपुर क्षेत्र गरि १ सय २६ जना नेपाली अलपत्र परेका छन् । उनीहरुलाई भारतले विद्यालयमा थन्क्याएको छ । तर, भारतबाट नेपाल प्रवेश गरेका नेपाली मातृभूमिमा प्रवेश गर्दा पनि सुरक्षित राखिएको छैन् । कञ्चनपुरमा ४ सयको हाराहारीमा क्वारेन्टाईन बेड निर्माण गरिएका छन् । तर, भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेस गरेका उनीहरुलाई क्वारेन्टाईनमा राखिएको छैन् ।

कञ्चनपुरमा ९ स्थानीय तह र दुई वडाले गरि चारसय क्वारेन्टाईन बेड निर्माण गरेका छन् । भीमदत्त नगरपालिका २ ले २० र शुक्लाफाँटा नगरपालिका १ नम्बर वडाले आफ्नै पहलमा २० बेड निर्माण गरेका छन् । कञ्चनपुरमा निर्माण भएका क्वारेन्टाईनमा अहिलेसम्म ४० जना मात्रै बसेका छन् । बाँकी साढेतीन सयको बेड रित्तै भएपनि भारतबाट फर्किएका ७२ जना मजदुरलाई भने एक सामुदायिक विद्यालयमा थन्क्यिाएको छ ।