कोरोनाबाट बेलायतमा एकै दिन ५६९ जनाको ज्यान गयो

Health-Education International

काठमाडौँ । बेलायतमा कोरोनाबाट थप ५६९ जनाको ज्यान गएको छ । बेलायतको स्वास्थ्य विभागले दिएको पछिल्लो अपडेट अनुसार एकै दिन ५६९ जनाले ज्यान गुमाएका हुन् ।

योसँगै बेलायत���ा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ ।

बेलायतमा एकै दिन थप ४ हजार २४४ जना संक्रमित पुष्टि भएको छ । यसका साथै संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ ।

बेलायतमा अहिलेसम्म एक लाख ६३ हजार १९४ जनाको टेस्ट गरिएको स्वास्थ्य विभागले जनाएको छ ।

योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ हजार नाघेको छ । अहिलेसम्म ४९ हजार १५६ जनाको ज्यान गएको छ ।

त्यस्तै संक्रमितको संख्या ९ लाख ६० हजार ६३ पुगेको छ भने ठिक हुनेको संख्या २ लाख ३ हजार ११४ जना रहेका छन् ।