कोरोनाभाइरसका कारण यौन व्यवसाय बन्द हुँदा जर्मनीमा फसे यौनकर्मीहरू

International

कोरोनाभाइरसको प्रकोपको कारण वेश्यालयहरु बन्द भएपछि घर फर्कन कठिनाई भएकोले जर्मनीमा काम गरिरहेका हजारौं विदेशी यौनकर्मीहरु घरबारविहीन भएका छन्।
लगभग दुई दशकदेखि वेश्यावृत्ति सम्बन्धी कानुनी मान्यता रहेको मुलुकका अधिकारीहरूले गत महिना वेश्यालयहरू बन्द गरे र अन्य अनावश्यक व्यवसायहरू जस्तै रेष्टुरेन्टहरू र नाइटक्लबहरू पनि भाइरसको फैलावटलाई रोक्नका लागि बन्द गरिएका हुन् ।

“कोरोनाभाइरस मेरो लागि विपत्ति भएको छ,” पश्चिमी शहर बोचममा “निकोल” नामबाट आफ्ना ग्राहक माझ चिनिने एक पोलिश यौनकर्मिले भनिन – “मार्चको मध्यदेखि मेरो कुनै आय छैन र सुत्ने ठाउँ भएन,” उनले आफ्नो वास्तविक नाम बताइनन्।लकडाउन अघि उनले ग्राहकलाई भेट्न र बस्ने कोठाको लागि दिनको ९० यूरो तिर्थिन । तर आजकल भने उनी वेश्यालयको म्यानेजरसँगै बसेकी छिन्।जर्मनीमा यौनकर्मीहरूलाई स्वरोजगार, सरकारलाई कर तिर्ने रूपमा वर्गीकरण गरिएको छ र सैद्धान्तिक रूपमा महामारीको माध्यमबाट स्वतन्त्र व्यक्तिहरूलाई सहयोग गर्न सरकारले स्थापना गरेको कोषबाट वित्तीय सहायता पाउन उनीहरु योग्य छन्।

निकोलले भने, “मलाई आशा छ कि रोजगार केन्द्रले मेरो कर फिर्तालाइ मान्यता दिन्छ ताकि म बेरोजगारीभत्ताको लाभ लिन सक्दछु,” निकोलले भने। “यदि यस्तो भयो भने म एउटा अपार्टमेन्टमा जान सक्दछु।”

तर केहि यौनकर्मीहरु अवैध रूपमा काम गर्छन् र यौन उद्योगलाई सहयोग गर्ने अधिकारकर्मीहरू भन्छन् कि निकोल जस्ता कर तिर्नेहरू धेरैजसो आफ्नो अधिकारबाट अनजान छन्। सडकमा केही यौनकर्मीहरु अझै पनि ग्राहकहरु खोज्दै सडकमा भौतारिएका छन् , किन कि उनीहरुलाई जसरि पनि गाँस र वासको व्यवस्था गर्नु छ ।

बोचुममा वेश्यालयहरूको लागि मेदोना शैक्षिक चेरिटिका हेइक कोट्टनरले भने, “भाइरसबाट संक्रमित हुनसक्ने जोखिमको बाबजुद पनि सशुल्क सेक्सको माग अझै छ।” “केही महिलाले यो जोखिम लिइरहेका छन्।”

बर्लिनमा ईरोटिक र यौन सेवा प्रदायक एसोसिएसनका सुसान ब्लेयर विल्पक अनुसार “जर्मनीमा अनुमानित १००,००० देखि २००,००० यौनकर्मी मध्य ८० प्रतिशत विदेशी छन्, मुख्यतया बुल्गारिया, रोमानिया, पोल्याण्ड र युक्रेनका।”

“धेरैजसो घर फर्किन सफल भएका छन्। तर अरूहरू घरबार विहीन छन्, ” विल्पले भने – “हामी ३ – ४ प्रतिशतको बारेमा कुरा गर्दैछौं जो उद्योगमा सबैभन्दा कमजोर छन् । तिनीहरू यहाँ केहि पैसा कमाउने आशामा आएका थिए। अब उनिहरू साथीहरूसँगै बसेका छन् वा सडकमा बस्दै छन्, केहि भाग्यमानीहरू अझै पनि वेश्यालयहरूमा बस्दैछन्। ”

बुल्गारिया, रोमानिया र पोल्याण्डले फर्केका नागरिकहरूलाई १४ दिनसम्म अलग्गै राख्ने गरेको छ , यो उपाय भाइरसको फैलावटलाई सुस्त बनाउनको लागि हो । हालसम्म जर्मनीमा कोरोनाक कारण लगभग ८० हजार संक्रमित भइसकेका र १,००० भन्दा बढी मारिएका छन्।